Your Ads

Ready to take your business to the next level?

सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। आज सुनको भाउ प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ कायम गरिएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *