Your Ads

Ready to take your business to the next level?

बजाज मोटरसाइकल खरिदमा नयाँ फाइनान्स सुविधा, अब ५ वर्षसम्म ऋण र ८.९९% ब्याजदर

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा ग्राहकका लागि नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ।

नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष (६० महिना) सम्म ऋण सुविधा उपलब्ध हुनेछ। यसअघि ऋण अवधि ३ वर्षसम्म मात्र थियो।

कम्पनीका अनुसार योजनामा ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ। यसले मासिक किस्ता (इएमआई) घटाउने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे तथा बजेटलाई प्राथमिकता दिने ग्राहकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यो सुविधा प्लाटिना १००इएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार प्लाटिना १००इएसको मासिक किस्ता करिब रु. ३,२५५ बाट रु. २,१२४ मा झरेको छ भने डोमिनार ४०० को मासिक किस्ता रु. ८,२२७ बाट रु. ५,३७० मा घटेको कम्पनीले जनाएको छ।

त्यस्तै, पल्सर १२५, एन१२५, १५०, एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४००जेड लगायत अन्य सबै मोडेलमा पनि मासिक किस्ता घटाइएको छ।

कम्पनीका अनुसार यो सीमित अवधिको छुट योजना नभई ग्राहकको आवश्यकता र क्षमता अनुसार सहज किस्तामा मोटरसाइकल खरिद गर्न सकिने दीर्घकालीन व्यवस्था हो। यो सुविधा नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत देशभरका एचएच बजाज शोरुमबाट प्राप्त गर्न सकिनेछ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *