Your Ads

Ready to take your business to the next level?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी मौज्दात

काठमाडौं, भदौ २५ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणमा विभिन्न नौ वटा बैंकमा नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात रहेको छ।

त्यस्तै, कोषका दुई वटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई जोड्दा कोषमा उपलब्ध कुल रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको हो।

विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ अमेरिकी डलर थप संकलन भएको छ।

यसअघि कोषबाट रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?