काठमाडौँ, भदौ २५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १३ दशमलव ८५ अंकले घटेर २ हजार ५३१ दशमलव ५५ विन्दुमा कायम भएको छ ।
आज ३४१ कम्पनीका १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले बढेर २४६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, दोल्ती पावरको शेयर मूल्य ८ दशमलव २२ प्रतिशत, अपर लोहोरेको ७ दशमलव ०२ प्रतिशत र इमर्जिङ नेपालको ५ दशमलव ४६ प्रतिशतले बढेको छ ।





