काठमाडौं साउन २९ गते। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छ न्।
कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
पुनर्नियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका छन्।





