Your Ads

Ready to take your business to the next level?

एआईलाई पाइलट परियोजनामा सीमित गर्दा बीमा कम्पनीले ठूलो वित्तीय लाभ गुमाउने जोखिम

काठमाडौं, भदौ ८ गते । बीमा कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई)लाई छुट्टाछुट्टै पाइलट परियोजनामा मात्र सीमित गरेमा ठूलो वित्तीय लाभ गुमाउने जोखिम रहेको एक प्रतिवेदनले औँल्याएको छ। वितरण लागत प्रत्येक पहिलो वर्षको जीवन बीमाशुल्कमा ०.८० डलरसम्म पुग्न सक्ने जनाइएको छ।

म्याककिन्से एन्ड कम्पनी इंकको जुलाईमा प्रकाशित प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो। प्रतिवेदनअनुसार विश्वव्यापी कुल बीमाशुल्क सन् २००५ देखि वार्षिक औसत ४.९ प्रतिशतले बढेर सन् २०२५ मा करिब ८.३ खर्ब डलर पुगेको छ। त्यस्तै, करअघिको नाफा वार्षिक ४.३ प्रतिशतले बढेर करिब ५८० अर्ब डलर पुगेको छ।

यो अन्तरले निरन्तर बीमाशुल्क वृद्धिका बाबजुद कमजोर सञ्चालन दक्षता रहेको देखाउने म्याककिन्सेको भनाइ छ। विश्वव्यापी आर्थिक उत्पादनमा बीमाशुल्कको हिस्सा पनि एक दशकदेखि स्थिर रहेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, प्राकृतिक प्रकोपबाट हुने क्षतिको सुरक्षा अन्तर सन् २०२५ मा १३३ अर्ब डलर पुगेको छ भने विश्वव्यापी साइबर जोखिमको १ प्रतिशतभन्दा कम मात्र बीमित रहेको जनाइएको छ।

प्रतिवेदनले सम्पत्ति तथा दुर्घटना बीमामा प्रतिप्रिमियम डलर ०.१० देखि ०.२५ डलरसम्म कमिसन खर्च हुने उल्लेख गरेको छ। त्यस्तै, बीमा लागत अनुपात सन् २००५ को तुलनामा विश्वव्यापी रूपमा १७ प्रतिशतले बढेको छ।

एनटीटी डाटा ग्रुप कर्पोरेसनमा बीमा उद्योगका विश्वव्यापी प्रमुख ब्रुनो एब्रिलले जुनमा प्रकाशित एक प्रतिवेदनमा बीमा कम्पनीका लागि वास्तविक प्रश्न एआईमा लगानी गर्ने वा नगर्ने नभई यसलाई कसरी नियन्त्रणयोग्य, विस्तारयोग्य र दिगो रूपमा अन्डरराइटिङ, दाबी व्यवस्थापन तथा व्यवसाय वृद्धिमा समावेश गर्ने भन्ने रहेको बताएका छन्।

एनटीटी डाटाका अनुसार आफ्नो व्यावसायिक रणनीतिसँग एआई रणनीतिलाई पूर्ण रूपमा समायोजन गरेका ८५.८ प्रतिशत बीमा कम्पनीले एआईबाट कम्तीमा ५ प्रतिशत नाफा वृद्धि भएको रिपोर्ट गरेका छन्।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?