काठमाडौं, भदौ २५ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि निरन्तर परिवर्तन हुँदै आएको छ।





