Your Ads

Ready to take your business to the next level?

युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ६१ हजार ३५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ २५ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ६१ हजार ३५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

युनाइटेड मोदी हाइड्रोपावरले यसअघि शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। बोनस शेयर सूचीकरणसँगै उक्त शेयर कारोबारका लागि नेप्सेमा थपिएको हो।

कम्पनीको पछिल्लो विवरणअनुसार बोनस शेयरसहित नेप्सेमा सूचीकृत कुल शेयर संख्या १ करोड ३१ लाख ६६ हजार ३५० पुगेको छ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?