Your Ads

Ready to take your business to the next level?

लिबर्टी इनर्जीका लगानीकर्ताले कमाए १५ प्रतिशत, नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं, भदौ २५ गते । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ८५ अंकले घटेर २ हजार ५३१ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शेयर मूल्य लिबर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, दोल्तीका लगानीकर्ताले ८ दशमलव २२ प्रतिशत र अपर लोहोरे खोलाका लगानीकर्ताले ७ प्रतिशतले कमाएका छन् ।

बजार घटे पनि केही कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यता, आज सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिन्धु विकास बैंक रहेको छ । कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?