Your Ads

Ready to take your business to the next level?

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, भदौ ४ गते । माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि भदौ ५ गते बुक क्लोज गर्दैछ। त्यसैले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को १४औँ तथा १५औँ वार्षिक साधारणसभा एकैपटक भदौ १८ गते आयोजना गर्दैछ। काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सभा सुरु हुनेछ।

सभाबाट दुवै आर्थिक वर्षको लाभांश प्रस्ताव अनुमोदन भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गर्नेछ।

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?