Your Ads

Ready to take your business to the next level?

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २०० कम्पनीको शेयरमूल्य ओरालो

काठमाडौं, भदौ २५ गते । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको हो ।

बजारमा गिरावट आउँदा नेप्सेका सबै उपसमूह राताम्मे भएका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह १.१४ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै, ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बिहीबार बजारमा करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनीको शेयर सर्वाधिक कारोबार भएको जनाइएको छ ।

आज उच्च कारोबार भएका १० कम्पनी

Share it :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your Ads

Ready to take your business to the next level?

Your Ads

Ready to take your business to the next level?