काठमाडौं, साउन १०। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका विभिन्न सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा बचत रकम फिर्ता गरिएको हो। रकम प्राप्त गर्नेमा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्ता रहेका छन्।
समितिले एकपटकमा बचत रकमको अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ नबढ्ने गरी रकम फिर्ता गर्ने व्यवस्था लागू गरेको जनाएको छ।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गरिएको समितिले जनाएको छ।





